काठमाडौं । नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।
राष्ट्रिय सभागृहमा आज बिहान नौ बजेदेखि सुरु मतदान दिउँसो एक बजेसम्म चल्ने छ ।
हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरिएपछि समय अभाव भएको भन्दै मतदान गरिएको थिएन । निर्वाचन अधिकृत नरहरि आचार्यले हिजो साँझ परेकाले मतदान आजलाई तय गरिएको जानकारी दिनुभयो ।
काठमाडौं महानगरपालिकाको सभापतिका लागि निलकाजी शाक्य र प्रगतिमान रञ्जितबीच प्रतिस्पर्धा छ ।
उपसभापति पदका लागि सन्तकुमार महर्जन, सुशीला ढकाल, सुबिरनाथ खनाल र भरत तण्डुकार प्रतिश्पर्धामा छन ।









