एमालेका उपाध्यक्ष बामदेब गौतम पत्नीलाई मन्त्री बनाउने शर्तमा समाजवादीमा लागेको खुलासा

काठमाडौं । एमालेका उपाध्यक्ष वामदेव गौतमको पत्नी तुलसा थापा मन्त्री बन्ने आश्वासन पाएपछि नेपाल नेतृत्वको नेकपा (एस) मा लागेकी छिन्। उनी निर्वाचन आयोग पुगेर सनाखत गरेकी हुन्।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा नेपालले गौतमलाई पार्टीको नेतृत्व गरी सरकारमा सहभागी हुन आग्रह गरेका थिए। दोस्रोपटक एमाले फुटाएको कलङ्क नबोक्ने भन्दै गौतम पार्टी विभाजनमा सहभागी भएका छैनन्। उनले सरकारमा जान पनि अस्वीकार गरिसकेका छन्।

एमाले अध्यक्ष ओलीले राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधनका लागि पहल नगरेको, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट संसद्को चुनाव हुनुपर्नेजस्ता आफ्ना मागबारे एमाले स्थायी कमिटी बैठकमा एजेन्डा नबनाइदिएको भन्दै उनी रिसाएका छन्।

उनी ओलीबाट भावी अध्यक्षको आश्वासन आउला भन्ने आशमा अझै नेपाल पक्षमा लागेका छैनन्। नेपालले आफ्ना दृष्टिकोणलाई पार्टीमा स्थान दिने भन्दै उनी बार्गेनिङमा छन्।

आफूले संसद्मा चुनाव हारेकाले समानुपातिकतर्फबाट पत्नी तुलसालाई समानुपातिक सांसद् बनाएका गौतमले नवगठित नेकपा

(एस) का तर्फबाट मन्त्री बन्ने आश्वासनपछि पत्नी तुलसालाई नेपाल पक्षमा लगाएका हुन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको