काठमाडौँ । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ ।
बिहीबार ठबन्धनको बैठकले एमालेका माधवकुमार नेपाल पक्षबिना नै मन्त्रिमण्डललाई पूर्णता दिने सहमति गरेको हो ।
काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयहरु लिने तथा नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा भागबण्डा दिने सहमति गरिएको बताइएको छ ।
बैठकले काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने बताइएको छ ।
बाँकी ३ जना राज्यमन्त्री बनाइने तर कसले पाउनेबारे भनिएको छैन ।









