रवीन्द्र मिश्रको प्रस्ताव: संघीयता खारेज गरौं, धर्मनिरपेक्षताबारे जनमत संग्रह गरौं

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय निकायलाई पुनर्संरचना र सदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ । यसैगरी धर्मनिरपेक्षताबारे जनमत संग्रहमा जानुपर्ने उहाँको तर्क छ । पार्टीभित्र आन्तरिक प्रस्तावको रूपमा मिश्रले यी दुई महत्वपूर्ण एजेन्डालाई अघि बढाएको बताउनुभएको छ । उहाँले ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ शीर्षकमा १० हजार ५० शब्दको प्रस्ताव आन्तरिक छलफल र बहसका लागि पेश गरेको बताउनुभयो । यो प्रस्ताव आफ्नो व्यक्तिगत भएको उहाँको धारणा छ ।

आफ्नो प्रस्तावमा मिश्रले संघीयता देशमा थप भ्रष्टाचार र आर्थिक भारतको स्रोत भएको उल्लेख गर्नुभएको छ । साथै यो नेपालको अखण्डताका लागि समेत घातक हुने तथा नेपालका प्रमुख संस्थाहरुलाई क्षयीकरण गर्ने अर्को कडी भएको उहाँको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको