समायोजनका नाममा पार्टी कब्जा गरेको भन्दै चन्द्र भण्डारी, गगन थापासहित १० कांग्रेस नेताको संयुक्त वक्तव्य

काठमाडौँ । समायोजनका नाममा पार्टी कब्जा गर्ने षड्यन्त्र रचिएको आरोप लगाउँदै नेपाली कांग्रेसका १० जना नेताले वक्तव्य जारी गरेका छन् । मंगलबार कांग्रेसका केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, गगन थापा, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवलेक्त वक्तव्य जारी गर्दै कांग्रेसका निष्ठावान कार्यकर्ताको आत्मसम्मानमा प्रहार गरिएको बताएका हुन् ।

वक्तव्यमा भनिएको छ, ‘समायोजनका नाममा संयु पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रक्रिया बाहिरबाट वितरण गरिएका क्रियाशील सदस्यताले पार्टीको मर्ममाथि नैं प्रहार गरेको छ र आफ्नो सर्वस्व सुम्पेका साथीहरूको आत्मसम्मानमा प्रहार गरेको छ । यसलाई तुरुन्त रोक्नु पर्दछ’।

वक्तव्यमा पार्टीमा नयाँ सदस्यहरुको आगमन हुनु आवश्यक भएपनि कांग्रेसका पुराना कार्यकर्तालाई विस्थापित गर्नेगरी समायोजनका नाममा विधि विपरीत बाँडिएका सदस्यताले पार्टीको मर्ममाथि प्रहार हुने उल्लेख छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको