काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक विहान ११ बजे बस्दै छ ।
बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ ।
पार्टीका निर्देश्न विपरित गर्ने नेताहरुलाई कारवाही गर्ने सन्दर्भमा छलफल हुने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जनाएका छन् ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ जनाले विश्वासको मत दिएका थिए ।
सांसदहरुलाई पार्टी पद्धति, पार्टी विधान र पार्टीको अनुशासन उल्लङ्घनसँग जोडेर कारबाही गरिने बताइएको छ ।
सर्वोच्च अदालतले आइतबार दिइएको विश्वासको मतको आधारमा कारवाही गर्न नपाइने भन्ने फैसला गरेकाले त्यो अनुरुप एमालेले कारवाही नगर्ने तर अनुशासन लगायत विषयलाई जोडेर कारवाही गर्न सक्ने बताइएको छ ।
अन्य विषयमै कारवाही गर्दा पनि सांसद पद गुम्ने गरी कारवाही हुनसक्ने बुझिएको छ ।









