काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिश्वासको मत प्राप्त गर्नुभएको छ । सर्बाेच्च अदालतले ब्युँताएको प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले बिश्वासको मत प्राप्त गर्नुभएको हो । प्रतिनिधिसभामा आज भएको मतदानमा प्रधानमन्त्री देउवाको पक्षमा १६५ मत परेको छ भने बिपक्षमा ८३ मत परेको छ । यस्तै जना १ तटस्थ बसेका छन । मतदानमा २१ सांसद अनुपस्थित रहे ।
देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सवै सांसदले मत दिनुभएको छ भने नेकपा एमालेका माधव समुहका सांसदहरुले पनि मत दिनुभएको छ । यही कारण उहाँले मत प्राप्त गर्नुभएको हो ।
२ सय ७१ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पारित हुन कम्तीमा १ सय ३६ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसको ६१ , माओवादीको ४८, जसपा उपेन्द्र यादव पक्षको २० र जसपा महन्थ ठाकुर पक्षको १२, राष्ट्रिय जनमोर्चाको १ र एक स्वतन्त्र जितेर माओवादी प्रवेश गरेका १ सांसदले पनि देउवालाई विश्वासको मत दिनुभएको हो ।
यसरी देउवाको पक्षमा माधव समुहबिनै १ सय ४३ मत पुगेको थियो । माधव समुहले पनि एमालेमा नबस्ने घोषणासहित मत दिएपछि प्रधानमन्त्री देउवाले यति मत पाउनुभएको हो । मतदानमा कुल २४९ मत खसेको थियो ।