काठमाडौँ । नेकपा एमालेको माधव नेपाल पक्षीका केही सांसदहरु संसद भवनबाट मतदान अघि नै बाहिरिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रस्तुत विश्वासको मतको सन्दर्भमा छलफल भइरहेको बेला नेपाल पक्षका केही सांसदहरु बाहिरिएका छन् ।
जसपा पक्षका राजेन्द्र महतो र महन्थ ठाकुरले समेत विश्वासको पक्षमा मतदान गर्ने भएपछि उनीहरु बाहिरिएको बताइएको छ ।
त्यस्तै, पार्टीको एकता बचाउनका लागि पनि उनीहरुले मत नदिने फैसला गरेर बाहिरिएको बताइएको छ ।
पार्टी एकताका लागि आफूहरुले सुझबुझपूर्ण निर्णय गरेको भन्दै सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, यज्ञराज सुनुवार, झपट रावल, सोमबहादुर पाण्डे र राजबहादुर बुढालगायत संसद भवनबाट बाहिरिएका हुन् ।फाइल तस्वीर