विश्वकप तथा एसिया कप फुटबलको संयुक्त छनोट: नेपालद्वारा चाइनिज ताईपेइ २-० गोल अन्तरले पराजित

काठमाडौ । विश्वकप २०२२ र एसिया कप २०२३ फुटबलको लागि भएको छ्नोट खेलमा नेपालले चाइनिज ताईपेइलाई पराजित गरेको छ ।

आज कुवेतको जबर- अल- अहमद अन्तर्राष्ट्रिय फुटबल रंगशालामा भएको खेलमा नेपालले चाइनिज ताईपेइलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

नेपाललाई जित दिलाउने क्रममा अन्जन विष्ट र नवयुग श्रेष्ठले १-१ गोल गरेका हुन ।

खेल सुरु भएको ३ मिनेट मै पेनाल्टी मार्फत अन्जन विष्टले गोल हान्दै १-० को अग्रता कायम गरेको थियो । त्यसपछी दोस्रो गोल नवयुग श्रेष्ठले ८१ औं मिनेटमा गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएको थियो । त्यसपछीको समयमा कुनै टिमले पनि गोल गर्न सकेन र नेपालले खेलमा २-० गोलको अन्तरले जित हात पार्यो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको