
गोरखा । बढ्दो कोरोना संक्रमण रोमथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने ब्यक्तिहरुलाई गोरखा जेसिज गोरखाको समन्वयमा हङकङ निवासी युवा ब्यवसायी तथा समाजसेवी आकाश बन्जाराले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
बन्जाराले जिल्ला प्रशासन कार्यालय गोरखा, नेपाल पत्रकार महासंघ गोरखा, नेपाल प्रहरी, शसस्त्र प्रहरीलाई मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
बुधबार जेसिजका अध्यक्ष प्रबिण बस्नेतले सम्बन्धीत कार्यालयमा पुगेर सहयोग हस्तान्तरण गरेका हुन् । बस्नेतका अनुसार बन्जाराले फ्रन्टलाईनमा खटिएकाहरुलाई १० हजार थान मास्क र दुई सय थान सेनिटाईजर सहयोग पठाएका थिए ।
‘कोरोना रोकथाम तथा न्यूनीकरणका लागि फ्रन्टलाईनमा खटिएकाहरुका लागि सहयोग गर्नलाई बन्जाराले स्वास्थ्य सामाग्री पठाउनु भएको थियो । केही बितरण गरिसक्यौँ । केही बाँकी मास्क र सेनिटाईजर ग्रामिण भेगमा रहेका स्वास्थ्य संस्था जहाँ मास्क, सेनिटाईजर अभाव छ त्यहाँ पठाउने गरी समन्वय गरिरहेको छु’, बस्नेतले भने । ग्लोबल गोरखा समाजका कोषाध्यक्ष समेत रहनु भएका बन्जारा कालिका दैनिक अनलाइनको निर्देशक समेत हुनुहुन्छ ।