हङ्गकङ्गको स्कुलबाट चितवन र गोरखा जिल्लामा खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग

चितवन । नेचुरल साउण्ड हिलिङ इन्टरनेशनल स्कुल प्रा. लि. (म्युजिक स्कुल) नेपाल – हङ्गकङ्गका विद्यार्थीहरुद्वारा नेपालको चितवन र गोरखा जिल्लाका कोभिड–१९ (कोरोना भाइरस) बाट आक्रान्त विपन्न वस्तीमा खाद्यान्न र स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको छ । सो इन्टरनेशनल स्कुल हङ्गकङ्ग शाखामा अध्ययनरत ४३ जना विद्यार्थीहरुले सङ्कलन गरेको रकम मध्येबाट कोभिड–१९ बाट आक्रान्त नेपालको विभिन्न संस्था र वस्तीहरुमा सहयोग गरिएको हो ।

चितवनको रत्ननगर १० मंगलपुरमा रहेको गाँमबेसीको चेपाङ संरक्षण केन्द्रमा शुक्रबार चामल, दाल, तेल, नुन, सोयाबिन, बिस्कुट, मास्क, सेनिटाइजर, ग्लोब्स लगायतका सामग्रीहरु सहयोग गरिएको हो । सो केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई सो सामग्रीहरु हस्तान्तरण गरिएको थियो । सो केन्द्रमा नेपालको विभिन्न जिल्लामा रहेका विपन्न १ सय ३४ जना विद्यार्थीहरु आवासीय रुपमा रही अध्ययन गर्दछन् । हाल कोरोना कहरका कारण अनलाइन कक्षामा पढ्ने १९ जना विद्यार्थी केन्द्रमा रहिरहेका छन् । बाँकी विद्यार्थीहरु कोरोना महामारी पछि विद्यालय संचालन हुने समयमा केन्द्रमा आउने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

 
त्यसैगरी चितवनकै रत्ननगर ६ बछौली सौराहामा रहेको बालगृह ‘सानो घर’ मा पनि शुक्रबार नै चामल, तेल, नुन, दाल, मास्क, सेनिटाइजर लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको छ । सो केन्द्रमा १८ जना बालिकाहरु आवासीय रुपमा रही अध्ययन गरिरहेको बालगृहकी अध्यक्ष बिमला श्रेष्ठले जानकारी दिनुभयो । सो सामग्रीहरु हस्तान्तरणको समन्वय हङ्गकङ्गबाट आकाश बञ्जारा र क्याथरिनले गर्नुभएको थियो भने नेपालमा कालिका ब्रोडकास्टिङ्ग नेटवर्क प्रा.लि.द्वारा संचालित कालिका दैनिक अनलाइनका प्रधान सम्पादक शिशिर सिंखडाले गर्नुभएको थियो । सो अवसरमा लायन्स क्लव अफ चितवन कालिकाका निवर्तमान अध्यक्ष सुदर्शन अधिकारीको पनि उपस्थिति रहेको थियो ।


त्यसैगरी हङ्गकङ्ग स्थित सोही स्कुलको सहयोगमा कोरोना प्रभावित गोरखाको धार्चे गाउँपालिका वडा नं. ६ काशीगाउँ, चामाखर्क, यार्सा लगायतको गाउँमा पनि चामल, नुन, तेल, साबुन, मास्क, सेनिटाइजर लगायतका सामग्रीहरु सहयोग गरिएको थियो । सो गाउँका विपन्न, एकल महिला, असहाय २७ घरपरिवारलाई सो सामग्रीहरु सहयोग गरिएको हो । सो सामग्री वडा अध्यक्ष धन कुमार घलेले हस्तान्तरण गर्नुभएको थियो । सो सहयोगको पनि कालिका दैनिक अनलाइनले समन्वय गरेको थियो ।


हङ्गकङ्ग निवासी आकाश बञ्जारा र क्याथरिन सो इन्टरनेशनल स्कुलका फाउण्डर समेत रहनुभएको छ । नेपालको गोरखा जिल्लामा जन्मिइ हाल हङ्गकङ्गमा रहनुभएका आकाश बञ्जारा र हङ्गकङ्ग निवासी क्याथरिनले नेपालका विभिन्न सामाजिक संस्थाहरु र विपन्न वस्तीमा सहयोगहरु निरन्तर गर्दै आउनुभएको छ ।


ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का केन्द्रीय कोषाध्यक्ष आकाश बञ्जारा कालिका दैनिक अनलाइन न्यूज पोर्टलका निर्देशक समेत रहनुभएको छ । बञ्जारा र क्याथरिन हङ्गकङ्गका सफल ह्याण्डिक्राफ्ट व्यवसायी समेत हुनुहुन्छ ।


सो इन्टरनेशनल स्कुलका विद्यार्थीहरुबाट नै संकलित रकमबाट गोरखाको विपन्न वस्ती तथा चितवनको विभिन्न प्रहरी चौकीमा समेत स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने कार्यक्रम रहेको कालिका दैनिकका निर्देशक आकाश बञ्जाराले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको