नेपालमा संक्रमण भयावह भएको भन्दै बंगलादेशले लगायो उडानमा प्रतिबन्ध

ढाका । नेपालमा कोभिड-१९ को संक्रमण अवस्था भयावह बनेको बताउँदै बंगलादेशले पनि नेपालसँग हुने उडानलाई रोक लगाएको छ ।

 

बंगलादेशको उड्डयन प्राधिकरणले आइतबार उक्त निर्णय गरेको हो । ‘कोरोनाभाइरस फैलने जोखिमलाई रोक्नका लागि हामीले नेपालसँग हुने उडानलाई अहिलेका लागि स्थगित गरेका छौं’ जारी विज्ञप्तीमा उल्लेख छ ।

आजदेखि अर्को सूचना जारी नभएसम्म नेपालसँगको उडानलाई रोक लगाउने निर्णय भएको जनाइएको छ । बंगलादेशले जोखिमको आधारमा ए,बी र सी मुलुक सूचीकृत गरेको छ जसमा नेपाल एमा छ ।

ए समूहमा परेकालाई देश प्रवेश गर्न प्रतिबन्ध लगाउने नियम छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको