भारतमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो, २ लाख २२ हजार ४ सय ८ जनाको मृत्यु

काठमाडौं। भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ५७ हजार २ सय २९ जना संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमतिको संख्या २ करोड दुई लाख ८२ हजार ८ सय ३३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान जारी गरेको पछिल्लो आँकडा अनुसार सो अवधिमा कोभिड–१९ बाट ३ हजार ४४९ जनाको ज्यान गएको छ । योसँगै मृतकको संख्या २ लाख २२ हजार ४ सय ८ जना पुगेको छ ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या ३४ लाख ४७ हजार १ सय ३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको