एकता खारेज गर्ने फैसलाविरुद्ध प्रचण्डले दर्ता गरेको मुद्दामा आज सुनुवाइ हुने

 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता खारेज गर्ने फैसलाविरुद्ध सर्वोच्चमा दिएको पुनरावलोकनको निवेदनको फैसला आज हुँदैछ ।
मंगलबार दिएको उक्त निवेदनको पेशी बिहीबार तोकिएको र केहीबेरमा पेशी सार्वजनिक हुने सर्वोच्च प्रशासनले जनाएको छ। आजको इजलासले उक्त फैसला पुनरावलोकन गर्न स्वीकृति दिने वा नदिने निर्णय गर्ने छ।

एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काउने फैसला फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले गरेको थियो । उक्त निर्णयको पुनरावलोक गर्न मंगलबार प्रचण्डसँगै नेताहरू वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, दिनानाथ शर्मा, गिरिराजमणि पोखरेल, अधिवक्ता एवं सांसद् रामनारायण बिडारी पम्फा भुषाल अदालत पुग्नुभएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको