भारतविरुद्धको दोस्रो एक दिवसीय क्रिकेट खेलमा इंग्ल्याण्ड विजयी

नयाँ दिल्ली । भारतविरुद्धको दोस्रो एक दिवसीय क्रिकेट खेलमा इंग्ल्याण्ड विजयी भएको छ ।

दोस्रो खेलमा पाहुना टोली इंग्ल्याण्डले भारतमाथि ६ विकेटको शानदार जित निकालेको हो । भारतले दिएको ३ सय ३७ रनको विशाल लक्ष्य इंग्ल्याण्डले ३९ बल अगावै ४ विकेट गुमाएर पूरा गरेको थियो ।

उसका लागि जोनी बेयरस्टोले १ सय २४ रनको शतकीय इनिंग्स खेले । त्यस्तै बेन स्टोक्स ९९ तथा ज्यासन रोय ५५ रनमा पेभेलियन फर्के । बलिङमा भारतका प्रसिद्ध कृष्णले दुई विकेट लिए ।

यसअघि पुनेमा टस हारेर पहिले ब्याटिङ गर्दै घरेलु टोली भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३६ रन बनाएको थियो । भारतका लागि केयल राहुलले १ सय ८, ऋषभ पन्तले ७७ तथा कप्तान विराट कोहलीले ६६ रन बनाए ।

बलिङतर्फ इंग्ल्याण्डका रिची टोप्ले र टम चुरानले समान २९२ विकेट हात पारे । यससँगै तीन खेलको एक दिवसीय क्रिकेट श्रृंखला १९१ को बराबरी भएको छ । पहिलो खेल भारतले ६६ रनले जितेको थियो । तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको