उत्तर चीनको कोइला खानीमा दुर्घटना हुँदा चारको मृत्यु

ताइवान । उत्तर चीनको शांक्सी प्रान्तमा रहेको कोइला खानीमा बिहीबार भएको ग्यास दुर्घटनापछि फसेका चार जना मजदुरको मृत्यु भएको उद्धारकर्र्मीले पुष्टि गरेका छन् ।

उनीहरुका शव शुक्रबार बिहान १०ः३५ फेला परेको दुर्घटनाको उद्धार मुख्यालयले जानकारी दिएको छ ।

बिहीबार बिहान ३ः५१ बजे भएको उक्त दुर्घटनामा १२ जना कामदार फसेका थिए र आठ जनाको भने उद्धार गरिएको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस/ सिन्ह्वा

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको