चितवनको कालिकामा ट्याक्टर र स्कुटर ठोकियो: स्कुटर चालक महिलाको मृत्यु 
चितवन । पुर्बी चितवनको कालिका-९, भोर्लाघारीमा सडक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । कालिकाबाट शक्तिखोर तर्फ जादै गरेको अनटेष्ट ट्याक्टर र सोही दिशा तर्फ जादै गरेको ना २१ प ३७ नम्बरको स्कुटर आज बिहान १० बजे  ठोक्किदा स्कुटर चालक २८ बर्षिया महिला गंगा रानामगरको मृत्यु भएको हो ।
उनी स्वास्थचौकी शक्तिखोरमा कार्यरत कर्मचारी हुन । कालिका-८, गैरीगाउ कि रानामगरको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता (डिएसपी) सुर्य थापाले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको