
चितवन । जन्मदिनको अवसरमा हंगकंग निवासी आकाश बन्जाराले १ लाख बराबरको सहयोग (आज मङलबार) प्रदान गरेका छन् ।
विगत लामो समयदेखि हंगकंगमा रही आफ्नो व्यवसाय गर्दै आएका आकाश बन्जाराले गत फाल्गुन १३ गते परेको आफ्नो जन्मदिनको अवसरमा गोरखामा रहेको मानव आश्रममा रहेर शिक्षा लिदै गरेका बालबालिका हरुको कम्प्युटर शिक्षाका लागि कम्प्युटर आवश्यक परेको हुनाले २ थान कम्प्युटर रु. ५० हजार बराबरको प्रदान गरेका हुन् भने मकवानपुर जिल्ला स्थित ११ करोडको लागतमा निर्माणाधिन अवस्थामा रहेको आमा घरमा निर्मित पार्कको लागि पार्कमा आवश्यक पर्ने ५० हजार बराबरको सिमेन्टको आराम कुर्सी (बेन्च) प्रदान गरेका हुन । आज आश्रमको भरतपुर कार्यालयमा पुगि सामाजिक अभियान्ता तथा पत्रकारद्वय रबि रोशी र शिशिर सिखडा मार्फत सो कम्प्युटर मानव सेवा आश्रमका प्रतिनिधि सदिस पुुनलााई हस्तान्तरण गरिएको थियो ।
त्यसैगरि मकवानपुर को मनहरी-८ स्थित ब्रम्हकुमारी राजयोग सेेवाकेन्द्रको ब्यबस्थापनमा संचालित आमाको घरमा रहेको पार्क मा ५ थान बेेेन्च पनि आजनै हस्तान्तरण गरिएको थियो ।
सो अबसरमा आमाको घरका अध्यक्ष रामचन्द्र उप्रेती, ब्यबस्थापक ब्रहकुमार मणी, रमा दिदि लगायतको उपस्थिति रहेको थियो ।
ग्लोवल गोरखा समाजका कोषाध्यक्ष तथा कालिका दैैैैनिकका निर्देशक समेत रहेका बन्जाराले यस अघि पनि विगतका आधा दशक देखि सिमान्तकृत चेपाङ बालबालिकाको शिक्षा तथा खाद्यान्न, मानवसेवा आश्रममा रहेका बालबालिकाहरुको लागि न्यानो कपडा, गोरखाका विभिन्न विकट भेगमा रहेका अति विपन्न परिवारहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् ।
आगामी दिनमा पनि परोपकारी अभियानमा आफुले दीन दुखीहरुको लागि सदा सहयोग गर्दै जाने प्रतिवद्धता गरे ।