नेपाली सहित विदेशी नागरिकलाई जापान प्रवेशमा रोक

काठमाडौं। जापानले नेपालीलगायत अन्य विभन्न मुलुकका नागरिकहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ ।

जापानमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

जापानको विदेशमन्त्रालयका अनुसार अहिले लगाइएको प्रतिबन्ध विश्वका अधिकांश मुलुकहरुमा लागू हुने छ । यो प्रतिबन्ध जनवरीको अन्तिमसम्म कायम रहने छ ।

यद्यपि जापानी नागरिक तथा जपानमा बसोबास गर्ने विदेशीहरुले भने जापानमा प्रवेश पाउने बताइएको छ । त्यस्ता नागरिकले १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने अनिवार्य नियम लागू गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको