काठमाडौँ । आज नेपाल सरकारको रिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघिय संसदलाई विघटन गर्नुभएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण संसद नै विघटनको अवस्था सिर्जना भएको हो । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधव कुमार नेपालको गुटले सरकारलाई हात खुट्टा बाँधेर राख्न खोजेको भन्दै संसद विघटनको अवस्थामा पुगेको छ ।
२. आफ्नै पार्टीको राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षड्यन्त्र,
३. प्रतिपक्ष पार्टीले लगाउन नसकेको मनगडन्ते आरोपरअभियोग पार्टी भित्रबाट हुनु/गर्नु
४. आफ्नै पार्टी नेतृत्व सरकार विरुद्ध तथ्यहिन आरोप असाधारण प्रकृतिको मिडियाबाजी हुनु/गर्नु
५. पार्टी बैठकमा कोरोना माहामारी, समृद्ध राष्ट्र निर्माण, पार्टीको आम हितको एजेण्डाभन्दा मलाई यो भएन र पुगेन भन्ने सौदा बाजिको बहुमतको धाक लागाउने,
६. सरकारको विरुद्ध बहुमतको नाममा कुनै पनि निर्णय हुन नदिने, सधैं असहयोग गर्ने,
७, जस्तै जस्तै प्रबृत्तिहरुको कारण, ‘हलो अड्काएर गोरु कुट्ने’ भन्ने कथा सत्य सावित बनाएको कारण बाध्यताबस सांसद विघटन भएको हो ।









