आज पुष २ गते विहिबार, यस्तो छ पञ्चाङ्ग र राशिफल

वि.सं.२०७७ साल पौष ०२ गते । बिहीबार । ईश्वी सन् २०२० डिसेम्बर १७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–तृतीया,२७ घडी ४९ पला,बेलुकी ०५ बजेर ५७ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–उत्तराषाढा,३८ घडी ५७ पला,बेलुकी १० बजेर २४ मिनेट उप्रान्त श्रवण । योग–ध्रुव,३१ घडी ५३ पला,बेलुकी ०७ बजेर ३५ मिनेट उप्रँन्त व्याघात । करण– गर,बेलुकी ०५ बजेर ५७ मिनेट उप्रान्त वणिज,रातको ०५ बजेर ३६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०९ मिनेट । दिनमान २५ घडी ५० पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर ५० मिनेटसम्म शुभ बेला ।
बिहान ६ बजेर ५१ मिनेटदेखी बिहान ८ बजेर ०७ मिनेटसम्म रोग बेला ।
बिहान ८ बजेर ०८ मिनेटदेखी बिहान ९ बजेर २५ मिनेटसम्म उद्वेग बेला ।
बिहान ०९ बजेर २६ मिनेटदेखी बिहान १० बजेर ४२ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर ४३ मिनेटदेखी मध्यान्ह १२ बजेर ०० मिनेटसम्म लाभ बेला ।
मध्यान्ह १२ बजेर ०१ मिनेटदेखी दिउसो १ बजेर १७ मिनेटसम्म अमृत बेला ।
दिउसो १ बजेर १८ मिनेटदेखी दिउसो २ बजेर ३५ मिनेटसम्म काल बेला ।
दिउसो २ बजेर ३६ मिनेटदेखी दिउसो ३ बजेर ५२ मिनेटसम्म शुभ बेला ।
दिउसो ३ बजेर ५३ मिनेटदेखी बेलुकी ६ बजेर ५२ मिनेटसम्म अमृत बेला ।
-नोटः- शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो ०१ बजेर १७ मिनेटदेखी दिउसो ०२ बजेर ३४ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नती हुने समय रहेको छ । साथिभाई सँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा अन्य दिन भन्दा सुधार भएर जानेछ । राजनीति कर्मिहरुका लागि आजको दिन उत्तम रहेको छ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुँनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ योजना केही दिनका लागी थाती राख्नुहोला समय मध्ययम रहेकोछ । व्यापार व्यावासमयमा प्रशस्त समय खर्चिए पनि थोरै नाँफा हुनेछ । सहयोगी तथा आफन्तले हात झिक्नाले समस्या बढ्नेछ । आषा देखिउनेहरुले नै धोका दिनेछन् । धर्म सस्कृति तथा रितिरिवाज जोगाउन समय खर्चिदा राम्रो रहेकोछ । पढाइ लेखाइमा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ ज्ञान सिक्ने अवसर जुर्नेछ भने खोज तथा अनुशन्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात पर्नेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । उद्योग धन्दामा सफलता प्राप्त हुनेछ भने आर्थिक समस्या समाधान भएर जानेछ । ऋण, रोग तथा शत्रुबाट छुटकरा मिल्ने समय रहेकोछ भने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ भने नयाँ नयाँ आम्दानिका बाटाहरु फेला पर्नेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने तथा प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिद्या तथा प्रतिश्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । आटेका तथा सोचेका कामहरु समयमा सम्पन्न हुने हुँदा मन प्रशन्न हुनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले हरेक क्षेत्रमा अगाढि बढ्न सकिनेछ । मावलि पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुँनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नयाँ व्यावसाय थालन नगर्नुनै राम्रो रहेकोछ भने पुराना व्यावसायलाई निरन्तरता दिन सकिनेछ । माया प्रेममा आजको दिन नभेट्दा नै राम्रो हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्लिे हेर्दा थप समस्या उत्पन्न हुने योग रहेकोछ । पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला बिरामी हुने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा मन पर्ने साथिका साथ छोटो,रमाईलो तथा अर्थपूर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् भने प्रतिस्पर्धीहरुलाई किनारा लगाउन सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले सकारात्मक नतिजा हात पर्नेछ । आफुलाई मन पर्ने भौतिक सम्पती जोड्न पाउदा मन हर्सित हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) तर्क र बहसमा तपाईँको पकड गतिलो रहनेछ भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछ । परिवानजनको सहयोगले दिन उत्साहपुर्वक वित्नेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुनेछन् । सानो लगानिबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । छोटो दुरिको यात्रा हुने योग रहेकोछ । बिग्रन लागेको काम बन्नाले मन प्रशन्न हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्ने तथा तपाईंको निर्णय तपाईँ आफैलाई आत्मघाति हुन सक्छ । आफन्त, साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो रहेकोले हाँसखेल तथा पारिवारिक माहोलामा दिन व्यातित हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाईनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक पक्ष सुदृढ हुनेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । सामाजिक काम गरि पद पाईने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय मध्ययम रहेकोले उत्साह र जाँगरमा कमी देखिने छ । लगानी र श्रमको उचित मूल्य नपाइने समय रहेकोछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा कमजोरी महसुस हुनेछ । तरपनि विदेशी लगानीबाट सञ्चालीत सस्थामा काम पाउने वा बढुवा हुने प्रशस्त सम्भावन रहेकोछ । अध्ययन वा कामको सवालमा विदेशी भूमिमा हुनुहुन्छ भने सयम फलदायी रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आत्मविश्वास र पराक्रममा वृद्धि हुनाले राम्र काम गर्न सकिनेछ । कलकारखाना र बन्दव्यापारबाट मनग्गे फाइदा लिन सकिनेछ । शत्रुलाई परास्त गर्न सकिनेछ भने प्रतिस्पर्धीहरुले साथ दिनेछन् । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।

तपार्ईँको दिन शुभ रहोस् ।

ज्यो.डिपी उपाध्याय ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको