काठमाडौँ । ग्लोबल गोरखा समाज, अन्तराष्ट्रिय समन्वय परिषद “कृषि विभाग” को आयोजनामा सन २०२०-१२- १३ तारिख आईतबार दिन नेपाली समय साँझ ५ बजे “विकाशका लागी बहस” कृषि विशेषज्ञहरु संग अन्तरक्रिया कार्यक्रम तय गरेको छ ।
विनय अधिकारीको अध्यक्षतामा रहेको संस्थाले विषयगत समिति अन्तर्गत ऊपाध्यक्ष सहित कृषि विभागको जिम्मेवारी अमेरिका निवासी नारायण भट्ट (भिमसेन थापा गाँऊपालीका) लाई दिए पश्चात विश्वभर छरिएर रहेका गोरखाली दिग्गज व्यक्तित्व,कृषि विशेषज्ञहरु संग समग्र गोरखा र गोरखाली लाई टेवा पुर्याऊने अभिप्रायले अन्तक्रिया सन्चालन गर्न लागिएको बताईएको छ।
संस्थाले समाजका उपाध्यक्ष गोकर्ण प्रसाद ढकाललाई, कार्यक्रमको प्राविधिक तर्फको जिम्मेवारी दिएको छ भने संस्थाका प्रवक्ता लामो समय News24 टेलिभिजनमा रहेर व्यवसायिक पत्रकारिता गर्नु भएका पत्रकार यादव देवकोटालाई कार्यक्रम प्रस्तोताको रुपमा जिम्मेवारी दिइएको छ ।
सो कार्यक्रममा आमन्त्रित व्यक्तित्वका रुपमा वरिष्ठ कृषि अर्थविद नेपाल सरकार, कृषि तथा पशुपन्छि विकाश मन्त्रालय,राष्ट्रिय किसान आयोग काठमाडौका डाल प्रसाद पुडासैनी, समाजका सल्लाहाकार द्वय डा. ठाकुर भट्टराई (सिनियर वैज्ञानिक, कार्बन लिन्क अष्ट्रेलिया, सिनियर रिसर्च फेलो, सिक्यु युनिभर्सिटि अष्ट्रेलिया) डा. प्रदिप वाग्ले (वैज्ञानिक युएसडिए ,अमेरिका), डा. एलपि अँगाई (डिन एग्रिकल्चर, फार वेस्टन युनिभर्सिटि,टिकापुर कैलालि ), डा. कृष्ण देवकोटा (उप-प्राध्यापक UM6P विश्व विधालय,मोरक्को ) र धर्म प्रसाद तिवारी (विजनेश ईन्भेष्टर,जापान) लगाएतका व्यक्तित्वहरु संग समग्र गोरखा जिल्ला भित्र गर्न सकिने कृषिको बारेमा बहस गरिने कुरा समाजका सचिव विराट खनालले जानकारी गराऊनु भयो ।
ताजा समाचार
धेरैले पढेको
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer







