शिशिर सिंखडा, गोरखा । गोरखाको गण्डकी गाउँपालिका वडा नंं-७ स्थित ज्ञानमार्ग माबी घ्याल्चोकको छात्रबासमा रहेका २६ जना चेपाङ विद्यार्थीहरुलाई खाद्यान्न र स्टेशनरी सहयोग गरिएको छ । सो छात्राबासमा बसेर अध्ययन गर्ने कक्षा ११ र १२ का २६ जना चेपाङ विद्यार्थीहरु लाई २० बोरा चामल, २० दर्जन कापी, कलम, दाल, खाने तेल, बेसार, मस्यौरा, नुन, भुजा लगायतका करिब १ लाख रुपैया बराबरको सामाग्रीहरु सहयोग गरिएको हो ।













