वासिङ्गटिन डि.सी. । डेमोक्राटिक पार्टीका उम्मेद्वार जो बाइडनले अमेरिकाको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा विजय प्राप्त गरेको अन्तराष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ । उनी अमेरिकाको ४६औ रास्ट्रपति भएका छन ।
चुनावको हिसावले महत्वपूर्ण मानिएको पेन्सलभिनियामा बाइडेनले अग्रता लिएसँगै उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेको बिबिसीको प्रक्षेपणले देखाएको छ ।
बाइडेनसँगै उपराष्ट्रपति पदमा उम्मेद्धारी दिनु भएकी डेमोक्राटिक पार्टिका कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित हुनु भएको छ ।
बाइडनले २ सय ७९ इलेक्टोरल कलेजमा विजय प्राप्त गरिसक्नु भएको छ ।
अमेरिकाको राष्ट्रपतीय निर्वाचन जित्न २ सय ७० इलेक्टोरल कलेजमा जीत चाहिन्छ ।
७७ वर्षिय बाइडेन , अमेरिकाको सबैभन्दा पाको उमेरका राष्ट्रपति हुनुहुने छ ।









