काठमाडौँ, १७ कात्तिक । नेपालमा आज थप २ हजार ९ सय ३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ३३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
यससँगै संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ हजार १ सय ५० जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २४ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ९ सय ८४ जना पुगेको छ ।









