ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदको ७ सदस्यीय संरक्षक समिति गठन: गोरखाका सबै स्थानीय तहलाई एक/एक लाखको स्वास्थ्य सामाग्री सहयोग गर्ने

काठमाडौं । ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदले कोभिड १ ९ को वर्तमान स्थितिलाई मध्यनजर गर्दै गोरखा जिल्लाका सबै स्थानीय तहमा एक / एक लाख वरावरको स्वास्थ्य सामाग्री उपलब्ध गराउने भएको छ । ग्लोबल गोरखा समाजको बैठकले कोभिड -१ ९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि ९ वटै गाउँपालिका र २ वटा नगरपालिकालाई एक / एक लाख वरावरको स्वास्थ्य सामाग्री सहयोग गर्ने निर्णय गरिएको ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद  का अध्यक्ष विनय अधिकारीले जानकारी गराउनुभयो ।

अध्यक्ष अधिकारीका अनुसार स्वास्थ्य सामाग्रीको लागि आवश्यक रकम कार्यसमिति , सल्लाहकार र संरक्षकहरुबाट संकलन गरिनेछ । त्यस्तै बैठकले एनआरएनए पूर्व अध्यक्ष भवन भट्ट प्रमुख संरक्षक रहने गरि ७ सदस्यीय संरक्षक समिति समेत गठन गरेको छ । समितिको संरक्षकमा एनआरएनए अध्यक्ष कुमार पन्त, ग्लोबल गोरखा समाजका निवर्तमान अध्यक्ष जयप्रकाश गुरुङ, एनआरएनए नैतिक पाठशालाका संयोजक कृष्ण लामिछाने, एनआरएनए पूर्व विधान समितिका सदस्य हरिहर अर्याल, एनआरएनए संरक्षक रामप्रताप थापा, एनआरएनए आइसिसी सदस्य डा.विष्णुमाया परियार रहनुभएको छ ।

त्यस्तै अक्टोवर २४ तारिखमा सम्पन्न भर्चुअल बैठकले उपाध्यक्षमा क्यानडाबाट रस्मि थापा मगर, कोषाध्यक्षमा हङकङबाट आकाश बन्जारा र सह-कोषाध्यक्षमा यूकेबाट बम बहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । बैठकले निवर्तमान महासचिव विनोद पोखरेललाई नेपालमा समन्वय गर्ने गरि ग्लोबल गोरखा समाजको संयोजकको जिम्मेवारी पनि प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तैगरि समाजको पहिलो बैठकले १२ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । साथै विभिन्न क्षेत्रलाई समेट्ने गरि थप सल्लाहकार तथा उपसमिति पनि गठन गरिने भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको