
काठमाडौं । ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा सर्वसम्मत निर्वाचीत भएसँगै विनय अधिकारीले आफना आगामी कार्ययोजना सार्वजनीक गर्नुभएको छ । गोरखा फुजेलमा जन्मिएका अधिकारी गत साता मात्र ग्लोबल गोरखा समाजको अध्यक्षमा निर्वाचीत हुनुभएको थियो ।
अधिकारीले आफनो कार्यकालमा गोरखाबासी नेपाली समुदायलाई एकजुट बनाउँदै अगाडि बढ्ने बताउनुभएको छ ।
उहाँले हाल २७ देशमा गोरखालीको सञ्जाल विस्तार भएको बताउँदै अब विश्वभरि विस्तार गरिने पनि बताउनुभयो । आफू जन्मेको मातृभूमीमा केहि गरौ भन्ने भावनाले आफनो कार्यकाललाई सदुप्रयोग गर्ने बताउँदै आफना विभिन्न कार्ययोजनाहरु सार्वजनीक गर्नुभएको हो ।
उहाँले संस्थाको विधी र विधानलाई अनुशरण गर्दै संस्थाका अग्रज ब्यक्तीत्व, सल्लाहकार, संरक्षकहरुहरुको राय सल्लाह अनुसार अगाडि बढ्ने बताउँदै आफना बुँदागत योजना सार्वजनीक गर्नुभएको हो । जुन यस प्रकार छ :-
१. संस्थाको विधी र विधानलाई अनुशरण गर्दै संस्थाका अग्रज ब्यक्तीत्व, सल्लाहकार, संरक्षकहरुहरुको राय सल्लाह अनुसार अगाडि बढ्ने
२. ग्लोबल गोरखा समाजको दर्ता प्रक्रियालाई छिटो भन्दा छिटो सम्पन्न गर्ने
३ प्रवासमा रहेका जिल्लागत संस्थाहरुमध्ये आगामी ६ महिनाभित्र लोबल गोरखा समाजलाई विश्वमा एक नम्बरको संस्थाको रुपमा स्थापीत गर्न लागिपर्ने
४. विश्वब्यापी रुपमा गोरखाबासी नेपालीहरुलाई एकजुट बनाउँदै सबै देशमा सञ्जाल विस्तार गर्ने र सदस्यता संख्या बढाउने
५. गोरखा जिल्लामा शिक्षा, स्वास्थ्यको गुणस्तरको पहिचान गर्दै गुणस्तरलाई माथि उकास्न र हाईडो पार्वरका सम्भाब्यतालाई पहिचान गरि प्रवासबाट गोरखाबासी नेपालीको लगानी जिल्लामा लग्ने वातावरण सृजना गर्ने
६. प्रवासमा रहनु भएको गोरखाबासी नेपाली विज्ञहरुको पहिचान गर्दै क्षेत्रीय रुपमा विज्ञ भेला गर्दै गोरखाबासी नेपालीले विदेशमा सिकेको ज्ञान,सिप र प्रविधि भित्र्याउन पहल गर्ने । साथै ग्लोबल गोरखा समाजलाई चलायमान बनाउन विभिन्न टाक्स फोर्स कमिटि निर्माण गर्दै विज्ञहरुको भूमीका बढाउने
७. विश्वभरि रहेका नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए ) सँग समन्वय गरि अगाडि बढ्ने
८. ग्लोबल गोरखा समाजमा महिलाहरुको सहभागिता बढाउने र महिलालाई विशेष प्राथमिकतामा राखेर प्रोत्साहन गर्ने
९. ग्लोबल गोरखा समाजलाई राजनैतिकमुक्त बनाई एक बिशुद्ध प्रवित्र सामाजीक संस्थाको रुपमा विकास गर्ने र सबैको भावना अटाउने गरि अगाडि बढ्ने
१०. मध्यपूर्व र एसिया प्याशिफिकका विभिन्न देशमा समस्यामा पर्नु भएको तथा आपत्त विपत्तमा पर्ने गोरखाबासी नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यले एक आपत्तकालीन श्रमीक कल्यणकोष खडा गर्ने र सोही क्षेत्रमा समस्यामा पर्नुभएको गोरखाबासी नेपालीको हक हितमा खर्च गर्ने
११. मध्यपूर्व तथा एसिया प्रशान्त क्षेत्रमा रोजगारीको सिलसिलामा आउनुभएको गोरखाबासी नेपालीहरुको समस्यालाई पहिचान गर्ने र विदेशबाट काम सिकेर स्वदेश फर्केकालाई जिल्लामा रोजगारी सृजना गर्न पहल गर्ने तथा लगानीको वातावरण बनाउन सहयोग गर्ने
१२ नेपाल सरकार तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने राजनैतिक दलका नेताहरुसँग सहकार्य गर्ने र गोरखाको बृहत्तर हित तथा आर्थिक, सामाजीक उत्थानको लागि ग्लोबल गोरखा समाजले बेलाबेलामा विभिन्न विषयमा छलफल गर्ने
१३. गोरखा जिल्लामा रहेका सांस्कृतिक कला, संस्कृति, लोकसंगीत तथा परम्परा जोगाउन प्रवासमा दोस्रो पुस्तामैत्री कार्यक्रमहरु सञ्चालन गर्ने र नेपाली भाषा तथा संस्कृतिको संरक्षण तथा सम्बद्धमा सहयोग पुर्याउने ।
१४. वर्तमान कोभिड १९ को विषय परिस्थितिलाई ध्यान दिर्दै गोरखामा आवश्यक परेको खण्डमा सहयोग गर्ने