ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदकाे भर्चुअल माध्यमबाट दोस्रो महाधिवेशन सम्पन्न
२ कार्तिक २०७७, आईतवार ०६:४०
काठमाडौ । ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदकाे भर्चुअल माध्यमबाट दोस्रो महाधिवेशन सम्पन्न भएको छ । आज सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।
विश्वभरिका २२ राष्ट्रमा छरिएर रहनुभएका गोरखालीलाई एकिकृत गरेर संगठन गठन भएको छ भने ग्लोबल गोरखा समाज सन २०१६ मा स्थापना भएको थियो । सस्थाका अध्यक्ष जयप्रकाश गुरुगंको अध्यक्षतामा भएको महाधिवेशनमा कार्यक्रममा प्रमुख अतिथि रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व राष्ट्रिय सभाका सदस्य सुरेन्द्र राज पाण्डे , विशेष अतिथिहरुमा एनआरएनएका पूर्व अध्यक्ष तथा ग्लोबल गोरखा समाजका प्रमुख संरक्षक भवन भट्ट , एनआरएनएका अध्यक्ष तथा ग्लोबल गोर्खा समाजका संरक्षक कुमार पन्त ,एनआरएनएका संरक्षक राम प्रताप थापा , वाचन प्रबीण पण्डित दिनबन्धु पोखरेल, विधान समितीका संयोजक हरिहर अर्याल लगायत देश विदेशबाट विभिन्न ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई महासचिव बिनोद पोखरेलले संचालन गर्नुभएको थियो । निर्वाचन मण्डलमा संयोजक लोकनाथ अधिकारी,सदस्य बिकल चन्द्र आचार्य र छबिलाल बगालेले निर्वाचन सम्पन्न गर्नुभएको थियो भने उहांहरुलाई युरोप पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष डिल्लीराम अम्गांईले सहयोग गर्नुभएको थियो।
दोस्रो अधिवेशनबाट नव निर्वाचित कार्यसमितिमा अध्यक्ष बिनय अधिकारी (बेलायत), उपाध्यक्षहरुमा गोकर्ण प्रसाद ढकाल(हंगकंग),यदु लामिछाने (कोरिया),श्रीकृष्ण भट्टराई(कतार),जानुका रेग्मी (स्पेन),नारायण भट्ट(अमेरिका),बिनोद पोखरेल(जापान) महासचिवमा त्रिलोचन पोखरेल (अष्ट्रेलिया),सचिवमा प्रकाश बन्जारा (युएई),कोषाध्यक्ष—सह-कोषाध्यक्षमा आकाश बन्जारा (हंगकंग) चयन हुनु भएको छ ।
केन्द्रिय सदस्य हरुमा १, दिल बहादुर गुरुगं (हंगकंग) २.शंकर लामिछाने (युएई) ३.कृष्ण प्रसाद बगाले(साउदी अरब) ४.बासु अर्याल (जर्मनी) ५.रामजी खत्री (कतार) ६.विष्णु प्रसाद पन्त (बेलायत) ७.डा . सृष्टि पोखरेल (क्यानडा) ८.पृत्तम गुरुङ (स्वीटजरल्याण्ड ) ९.कुल बहादुर वस्ती (पोल्याण्ड ) १०.विनीता अर्याल न्यौपाने(फिनल्याण्ड) ११.मनोहर रेग्मी (डेनमार्क) १२.तुलसी अम्माई (नेदरल्याण्ड ) १३.प्रकाश भट्टराई (स्पेन) १४.निर्मला अधिकारी बर्जगाई(बेल्जियम ) १५.ज्ञानेन्द्र न्यौपाने (कतार ) १६.कमला काप्री (जापान ) १७.सञ्जिव पन्त (अमेरिका ) १८.विक्रम घिमिरे (अमेरिका ) १९.खगेश्वर अधिकारी(इजरायल) २०.राम घले(बेल्जियम) २१.हरि थापा(पोर्चुगल) २२.सुरेन्द्र काप्री (फ्रान्स) चयन हुनु भएको छ ।