फ्रान्स, २९ असोज । कोरोना संक्रमण बढेपछि फ्रान्सको राजधानी पेरिससहित ९ वटा सहरमा रात्रिकालीन कर्फ्यु लगाइएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले कोरोना संक्रमण नियन्त्रण गर्न शनिबारदेखि ती सहरमा रातको समयमा कर्फ्यु लगाइएको र राति ९ बजेदेखि बिहान ६ बजेसम्म मानिसहरु घरैमा बस्नुपर्ने भएको छ ।
बुधबारदेखि ४ सातासम्मका लागि स्वास्थ्य संकटकाल घोषणा गरिएको हो । बुधबार फ्रान्समा २२ हजार ९५१ जना कोरोना संक्रमित नयाँ बिरामी थपिएका थिए ।
कोरोना संक्रमण पुनः बढ्न थालेपछि फ्रान्ससहित युरोपेली मुलुकहरुमा विभिन्न खालका प्रतिबन्धहरु घोषणा गरिएका छन् ।