कालिका दैनिकको निर्देशकमा हङकङका सफल ब्यबसायी एवं समाजसेवी आकाश बन्जारा चयन 
चितवन । कालिका ब्रोडकाष्टिङ्ग नेटवर्क प्रा.ली. द्वारा संचालित कालिका दैनिक अनलाइनको निर्देशकमा समाजसेवी आकाश बन्जारा चयन हुनु भएको छ । कम्पनीको आज बिहान भएको भर्चुअल बैठकले समाजसेवी बन्जारालाई निर्देशकमा चयन गरेको हो ।
पलपल ताजा समाचार दिने उद्धेश्यले चितवनबाट संचालक हुँदै आएको सो लोकप्रिय अनलाइनले समाजसेवी बन्जारालाई निर्देशक चयन गरे सङै अनलाइन थप मजबुत र परिस्कृत हुने जनाएको छ ।
समाजसेवी बन्जारा हाल हङकङमा रही विभिन्न  देशमा ब्यबसाय संचालन गर्दै आउनु भएको छ । उहाँको ब्यबसायबाट १ सय ५० जना भन्दा धेरैले प्रत्यक्ष रोजगार पाएका छन । प्रबासी नेपालीहरुको विभिन्न सस्थामा आवद्ध बन्जाराले नेपालका विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ । हङकङका सफल ब्यबसायी बन्जारा बिगत १० बर्षदेखि हङकङमा रहेर “बुद्ध नेपालमा जन्मिएका हुन” भन्ने अभियान पनि बिश्वभर चलाउदै आउनु भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको