नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संकट : सजिलो हुँदा नेतृत्व लिने, अप्ठेरो पर्दा भाग्ने

काठमाडौं । कर्णाली प्रदेशमा देखिएको विवादका कारण नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा अहिले पनि राजनीतिक तरंग सिर्जना भएको छ । प्रदेश सरकारको कार्यशैली र नेताहरुबीचको विवादका कारण त्यहा संसदीय दलमा मुख्यमन्त्री समेत रहेका दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

सो प्रस्ताव दर्ता भएपछि केन्द्रमा छलफल समेत भएको बताइएको छ । नेकपाका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डबीच छलफल भएको हो । छलफलमा कुराकानी भएको विषय भन्दै प्रचण्डको सचिवालयले जनाए अनुसार प्रधानमन्त्री ओलीले नै यो विषय समाधान गर्नुपर्ने उहाले बताउनु भएको बताएको छ । ‘कर्णालीमा जे भयो राम्रो भएन भनेर प्रचण्डले भन्नुभयो’, प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले नै मिलाएर लैजानुपर्छ भन्ने कुरा भयो।’

नेकपाको स्थायी कमिटी बैठकले केही समय अगाडी गरेको निर्णय अनुसार प्रचण्डले सो समस्याको समाधान गर्नुपर्ने हो । बैठकले नै सरकारका कामकारवाही ओली र पार्टीको कामकारवाही प्रचण्डले एकअर्कासँग छलफल गरेर गर्ने निर्णय गरेको थियो । तर, प्रचण्ड यहाँ भने समस्या पर्दा अर्का अध्यक्षलाई देखाएर पन्छिएको कतिपय नेताहरुले बताएका छन् । ‘प्रधानमन्त्रीबाट ओलीको राजिनामा माग गर्दा आफु नेतृत्व लिने र गुटका बैठक राख्दै हिड्ने’, एक नेताले भने, ‘अहिले पार्टीमा समस्या पर्दा आफु चाँही भागेर हिड्ने, यो कस्तो नेतृत्व हो ।’

प्रस्ताव दर्ता गराउनेमा पूर्वएमालेका १५ सांसद छन् । जसमा ओली पक्षका ८ जना, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ७ जना छन् । मुख्यमन्त्री शाहीको पक्षमा भने अहिलेसम्म १० सांसद रहेका छन् । १३ मध्ये तीन सांसदले हस्ताक्षर नै गरेपछि उनि अप्ठेरोमा परेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको