
वासिङ्टन, १६ असोज । बारम्बार कोरोनालाई सहजै पचाउने अभिव्यक्ति दिँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आफू र आफ्नी पत्नीलाई कोरोना संक्रमण पुष्टि भएकोबारे ट्रम्प आफैले ट्विट गरेर सार्वजनिक गरेका हुन् । यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोना भाइरस देखिएको थियो ।
ट्रम्प दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि भएसँगै उपराष्ट्रपति माइक पेन्सको रिपोर्ट के आउँछ भन्ने चासो बढेको छ । नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि देश दौडाहामा रहेका ट्रम्प कति दिन क्वारेन्टिनमा बस्छन् भन्ने यकिन छैन । ट्रम्पलाई कोरोना संक्रमण भएपछि उनको चुनावी अभियान प्रभावित हुने छ ।