

यता परराष्ट मन्त्रालयले समेत चीनले भवन बनाएको जमिन नेपालको नभएको स्पष्ट पारेको छ । परराष्ट्रले बुधबार विज्ञप्ती जारी गर्दै सीमास्तम्भ ११ र १२ को अध्ययन र जाँचपड्तालपछि चीनले उसकै भूभागमा भवन बनाएको उल्लेख गरिएको छ । उता काठमाडौंस्थित चिनियाँ दूतावासले पनि चीनले आफ्नै भूमिमा भवन निर्माण गरिएको जिकिर गरेको छ । दूतावासले नेपालसँग चीनको कुनै सीमा विवाद नभएको र नेपालसँग कुनै प्रश्न भए निरुपण गर्न सकिने बताएको छ ।