विश्व कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मान साथ आज अन्त्यष्टि गरिदै

काठमाडौ -विश्व कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मान साथ आज अन्त्यष्टि गरिदै छ ।
सँस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराइले आज विहान दिवंगत शेर्पाकोे पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाइ सम्मान गर्नुभएको छ ।

हिजोको मन्त्रीपरिषद वैठकले पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्येष्टि खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको थियो ।

अक्सिजनबिना नै १० पटक सगरमाथा आरोण गरी विश्वकीर्तिमान बनाएका शेर्पाको सोमबार ७२ वर्षको उमेरमा काठमाडौँको जोरपाटीस्थित आफ्नै निवासमा निधन भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको