चितवनमा कोरोनाको जोखिम बढदै, आज एकैदिन थपिए २ सय १२ जनामा संक्रमित

चितवन । चितवनमा एकैदिन २१२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा २०४ र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवन मेडिकल कलेज ल्याबमा सोही अस्पतालबाट लिइएको स्वाब र भरतपुर अस्पतालले पठाएको स्वाब गरी ६५३ वटा नमुना बिहीबार परीक्षण गरिएको थियो ।
जसमध्ये चितवन मेडिकल कलेजबाट स्वाब दिएका मध्ये ३७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै भरतपुर अस्पतालले पठाएको स्वाब मध्ये १६७ जनामा संक्रमण पुष्टि भएको छ । भरतपुरबाट पठाएको स्वाब केही पुराना संक्रमित व्यक्ति समेत रहेको र उनीहरुको पनि पोजिटिभ आएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
यस्तै भरतपुर अस्पताल कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा सबै चितवनकै ८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये भरतपुर महानगरपालिकाका २, खैरहनी नगरपालिकाका १ र राप्ती नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको छ । राप्तीका पाँचै जना संक्रमित सशस्त्र प्रहरी बल भण्डाराका हुन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको