काठमाडाैं, १ असाेज । प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।
ओली बिहीबार ट्वीटमार्फत शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध बलियो बनाउन मिलेर काम गर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले मोदीलाई जन्मदिनको शुभकामना दिंदै सुख र सुस्वास्थ्यको कामना गरेका छन् ।
ट्विटरमा मोदीलाई मेन्सन गर्दै ओलीले लेखेका छन्, ‘जन्मदिनको शुभअवसरमा हार्दिक बधाई । तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु । साथै दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम गर्नेछौं ।’
भारतीय प्रधानमन्त्री मोदीको बिहीबार ७७औं जन्मदिन हो । माेदीले विभिन्न कार्यक्रम गरेर जन्मदिन मनाउँदै छन् ।