अष्ट्रेलियाकी सांसद जिङ लीले तीजको अवसरमा साडीमै सजिएर दिइन् शुभकामना

काठमाडौं । हिन्दू महिलाहरूको महान चाड तीजको अवसरमा साउथ अष्ट्रेलियाकी सांसद जिङ लीले साडीमा सजिएर शुभकामना दिनुभएको छ ।

रातो साडीमा सजिएको फोटो फेसबुकमा पोष्ट गर्दै सांसद लीले समस्त हिन्दु नारीलाई तीजको शुभकामना दिनुभएको हो । आफ्नो शुभकामना सन्देशमा लीले लेख्नुभएको छ – ‘तीज नेपाल र भारतमा मनाईने एक महत्वपूर्ण पर्व हो । यो पर्व विवाहित नारीहरुका लागि निकै महत्वपूर्ण मानिन्छ । शिव र पार्वतीको मिलनको सम्झनामा यो पर्व मनाईन्छ ।’

तीजकै अवसरमा अष्ट्रेलिया समुदायको महत्वपूर्ण अंगका रुपमा रहेका तमाम हिन्दु नारीलाई साथी भन्न पाउँदा आफूले निकै भाग्यमानी महसुस गरेको लीले लेख्नुभएको छ ।

महिलाहरुले समाज निर्माणमा खेलेको भूमिका स्मरण गर्दै सांसद लीले लेख्नुभएको छ -‘सबै महिला मिलेर यो पर्व मनाउ अनि हाम्रा जवान चेलीहरुलाई थप सशक्तिकरण गरि बलियो र दयालु बन्न मद्दत गरौं ।’

यो तीजको अवसरमा म मेरी दुई मायालु आमा, सबै आमाहरु, सानीआमाहरु, दिदिबहिनीहरु, छोरीहरु र सबै सुन्दर महिलाहरु र चेलीहरुलाई शुभकामना दिन चाहान्छु ।

यसपाली कोभिडले गर्दा सार्वजनिक कार्यक्रम गर्न नपाएपनि अर्को वर्ष तीजमा संगै नाच्ने पनि लीले बाचा गर्नुभएको छ ।

सन् २०१० मा लिवरल पार्टीबाट सांसद बन्नु भएकी ली साउथ अष्ट्रेलियाका प्रिमियरकी सहायक मन्त्री पनि हुन् ।

मलेसियन चिनियाँ पृष्ठभूमीकी सांसद ली बहुसांस्कृतिक अष्ट्रेलियाली समुदायमा निकै प्रिय हुनुहुन्छ । लीले सन् २०१७ मा नेपाल भ्रमण समेत गर्नु भएका थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको