काठमाडौं, भदौ ३ । भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५३ हजार १४ पुगेको छ । बितेको २४ घण्टामा ६५ हजार २२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७ लाख ६६ हजार ६२६ पुगेको छ । हालसम्म २० लाख ३६ हजार ७०३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार ८९ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer