प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ द्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । सरकारको निर्णयविरुद्ध प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

काउन्सिलको सदस्य नियुक्तप्रति विरोध जनाउँदै कार्यवाहक अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णयबाट वरिष्ठ पत्रकार दीपक पाण्डे र अधिवक्ता दुर्गा भण्डारी सदस्य नियुक्त गरेका थिए । दुवैजना आगामी ४ वर्षका लागि नियुक्त भएका हुन् ।

तर, प्रक्रिया मिचेर सदस्य नियुक्त गरेको भन्दै कार्यबाहक अध्यक्ष श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका छन् । उनले दायर गरेको रिटको सुनुवाई पर्सी (बुधबार) हुने बताइएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको