भारतमा १९१ जना यात्रु बाेकेकाे जहाज दुर्घटना

काठमाडाैं । भारतको केरल राज्यमा अवतरणका क्रममा एउटा हवाईजहाज दुर्घटनामा परेको छ। भारतको केरल राज्यस्थित कोझीकोड एयरपोर्ट शुक्रवार साँझ जहाज दुर्घटनामा परेको हो। दुबईबाट आएको एयर इन्डियाको एउटा जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो।

यस जहाजमा १९१ जना यात्रु सवार थिए। यिनमा १२८ पुरुष, ४६ महिला, १० बच्चा र ७ चालक दलका सदस्य थिए। केन्द्रीय मन्त्री वी मुरलीधरनका अनुसार विमानका दुवै पाइलट यस दुर्घटनामा मारिएका छन्। यो दुर्घटनामा अन्य ८ जना यात्रुले पनि ज्यान गुमाएका छन्। दुर्घटनापछि करिब ४० जना यात्रुलाई अस्पतालमा भर्ना गरिएको छ।

समाचार अनुसार, २०७७ साउन २३ गते  शुक्रबार साँझ ७ बजेर ३८ मिनेटमा यो जहाज एयरपोर्टमा अवतरण गरिरहेको थियो। साे समयमा बाक्लो बर्षात भइरहेको थियो। धावन मार्गमा टचडाउन गर्नेबित्तिकै विमान रन वे मा चिप्लियो। यो दुर्घटनामा कम्तीमा ४० यात्रु घाइते भएका छन् ।

एयर इन्डियाको फ्लाइट आईएक्स-१३४४ दुबईबाट केरल आइरहेको थियो। दुर्घटनामा दुई पाइलटले ज्यान गुमाए पनि अन्य यात्रु हताहत भएका छैनन् । दुर्घटनामा जहाजको अघिल्लो भाग नराम्ररी क्षतिग्रस्त भएको छ । जहाज दुई टुक्रा भएको देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

लगातारको वर्षाका कारण यो विमान धावनमार्गबाट चिप्लिएको अनुमान गरिएको छ। कोझीकोडको यो एयरपोर्ट एक टेबल टप एयरपोर्ट हो। यसको मतलब यो एयरपोर्ट एक पहाडको टुप्पोमा छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको