चट्याङ लागेर चारको मृत्यु, सात जना घाइते

पर्सा । चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । बिहीबार बिहान खेतमा रोपाईँ गरिरहेको बेला एक्कासी चटयाङ पर्दा चार जनाको मृत्यु भएको हो । चट्याङबाट थप सात जना घाइते भएका छन् ।

बारा जिल्लाको फेटा गाउँपालिका वडा नम्बर १ मा चट्याङ लागेर २ महिलाको मृत्यु भएको छ । बिहान साँढे छ बजेको समयमा रोपाइँ गर्न खेतमा गएका महिलाको समूहमा चट्याङ परेको थियो ।

मृत्यु हुनेमा फेटा गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय टेन्डु देवी महतो र सोही गाउँकी ४० वर्षीया सोनरपति देवी महतो रहेका छन् । त्यस्तै कलैया उपमहानगर पालिका वडा नम्बर १२ सितलपुरका ४५ वर्षीया हलिमा खातुन र आशा देवी महतोको पनि चट्याङका कारण मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनामा थप ७ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको नायव प्रहरी उपरीक्षक गौतम मिश्राले जानकारी दिनुभएको छ । घाइतेहरुको वीरगञ्जको अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको