गोर्खा समाज हङकङको महाधिवेशन पछि पहिलो बैठक सम्पन्न

आकाश बन्जारा, हङकङ । गोर्खा समाज हङकङको महाधिवेशन पछि पहिलो बैठक सम्पन्न भएको छ । छैठौ अधिवेशन पछि विभिन्न कारणले बैठक बस्न सकेको थिएन । छैठौ अधिवेशनले अध्यक्षमा दिल बहादुर गुरुङलाई चयन गरेको थियो ।
हालै बसेको बैठकले निबर्तमान अध्यक्ष गंगा रानालाई एक कार्यक्रमका विच भव्य विदाई गरेको छ । १९ सदस्सीय रहेको समितिमा बैठकले एक महिला सदस्य दुर्गा गुरुङ, सूचना तथा संञ्चार प्रमुखमा आकाश बञ्जारा र साँस्कृतिक विभाग प्रमुखमा अर्जुन गुरुङलाई थप गरेको छ ।


गोर्खा जिल्लाबाट हङकङ गई बसोबास तथा विभिन्न क्षेत्रमा व्यवसाय गर्दै आएका नेपालीहरुको समाज हो गोर्खा समाज । प्रबासमा रहेर एकताबद्ध भई हातेमालो गर्दै अघि बढेको अग्रणि यस समाजले गोर्खा तथा नेपालको विभिन्न क्षेत्रमा आपत विपत पर्दा आर्थिक सहयोग गर्दै आएको अध्यक्ष गुरुङले बताउनु भयो ।
पूर्ब अध्यक्षको समयमा देशमा भूकम्पले आक्रान्त पारेको थियो भने हाल कोरोना भाईरसले सताई रहेको अबस्था रहेको छ । भूकम्पका कारण गोर्खाका क्षेतिग्रस्त २१ विद्यालयलाई १६ लाख ५० हजार रुपैया संकलन गरि आर्थिक रकम सहयोग गरेको निबर्तमान अध्यक्ष गंगा रानाले जानकारि दिनु भयो । त्यस्तै बैठकले विगत ३ महिना अघि देखि कोरोना भाईरस संग जुध्धै आएकाहरुको लागि कोरोना कोष खडा गरेको छ । अध्यक्ष गुरुङको संयोजकत्वमा कोष खडा गरि गोर्खा जिल्लाको लागि खर्च गरिने बैठकले पारित गरेको छ ।
समाजले स्थापना काल देखि नै भूपू साँझ, मृगौला पिडित, क्यान्सर पिडित, स्वास्थ्य चौकि, विभिन्न विद्यालयहरुलाई भौतिक सामाग्रि खरिद गरिएको लगायत लाखौ रुपैया आर्थिक सहयोग गर्दै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको