
एजेन्सी । संसारभर अहिलेसम्म ७२ लाख भन्दा धेरै व्यक्ति संक्रमित भएका छन् । ४ लाख ९ हजार भन्दा धेरै व्यक्तिको ज्यान गइसकेको छ । दक्षिण एसियाका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढीरहेको छ । तर संसारका केही देशले भने कोरोनालाई पराजित गरिसकेका छन् ।
त्यस्तै मोन्टेसेराट, सेसेल्स, ब्रिटिस भर्जिन आइल्याण्ड, पपुवा न्युगिनी, क्यारेवियन नेदरल्याण्डस्, सेन्ट बार्थ, अग्विला र सेन्ट पियरे मिक्वेलानमा पनि कोरोना भाइरसका संक्रमित छैनन् । संक्रमित नभएका २१ देश तथा स्वायत्त क्षेत्रहरु हुन् ।
२ सय १५ देश तथा स्वायत्त क्षेत्रमा २६ देशले अहिलेसम्म कोरोनालाई पराजित गर्न सफल भएका छन् । न्युजिल्याण्डले १ हजार ५ सय ४ एक्टिभ केसमा नियन्त्रण लिन सफल भएको छ । त्यहाँ २२ जनाको मृत्यु भएको थियो । न्युजिल्याण्डमा अब कोरोना संक्रमित छैनन् ।
अरु केही देश तथा स्वायत्त क्षेत्रले कोरोनालाई पराजित गर्ने क्रममा छन् । जम्मा एकजना एक्टिभ केस भएका देश तथा स्वायत्त क्षेत्रमा बु्रनाइ, सिन्ट मारटेन, बेलिज, सेन्ट लुसिया रहेका छन् ।
त्यस्तै दश भन्दा कम एक्टिभ केस भएका देश तथा स्वायत्त क्षेत्रमा लिसोथो, पश्चिमी सहारा, डोमिनिका, एन्टिगुआ एण्ड बारबुडा, कम्बोडिया, मौरिसस, आइसल्याण्ड, बारबाडोस, कुराकाओ, सेन्ट मार्टिन, गाम्बिया, गुआडेलुप, ताइवान र सनेल आइल्याण्डस् रहेका छन् ।