नेपालमा कोरोनाबाट आज थप एक जनाको मृत्यु: हाल सम्म ९ को मृत्यु, निको भै २७८ जना घर फर्किए

काठमाडौँ, २१ जेठ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । वुधबार एक ७६ वर्षीय वृद्धको कोरोनाभाइरस संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

दोलखाका उनी जेठ १३ गते मष्तिष्कघात भएपछि उपचारका लागि काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिए ।

उनको अपरेशनपछि जेठ १५ गते स्वाब परीक्षण गरिएको थियो । रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा सिफ्ट गरिएको थियो । यसअघि ८ जनामो कोरोनाले ज्यान गइसकेको छ ।

त्यस्तै, वुधबार थप २ सय १ जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ ।

उता कोरोना संक्रमितको संख्या बढीरहेको बेला यता निको भएर घर फर्किनेको संख्या पनि बढ्दैछ । वुधबार थप १२ जना निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको संख्या २ सय ७८ पुगेको हो । जसमा २ सय २२ जना पुरुष तथा ५६ जना महिला रहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको