डब्ल्यूएचओसँग सम्बन्ध तोडेको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न असफल भएको आरोप लगाउँदै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँगकाे सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यस्ताे घोषणा गरेका हुन् ।

अमेरिकाले यस अघि नै डब्ल्यूएचओले कोरोना भाइरस संक्रमण रोकथाम गर्न नसकेको भन्दै डब्ल्यूएचओलाई उपलब्ध गराउँदै आएको आर्थिक सहयोग बन्द गराएका थियाे । याेसँगै अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थ (डब्लुपिएच)  मा लगाउने भएकाे छ । ट्रम्पले डब्ल्यूएचओले चीनको पक्षपोषण गरेको आरोप दोहोर्याउँदै भने, ‘डब्ल्यूएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा छ । जबकि अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ ।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको