हङकङ निवासी आकाश बञ्जाराद्वारा बिपन्न ३५ चेपाङ परिवारलाई खाद्यान्न सहयोग

चितवन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण समस्यामा परेका बिपन्न चेेेपाङ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । उनीहरुलाई १ बोरा चामल, दाल, नुन, तेल सहयोग गरिएको थियो  । चितवनको राप्ती नगरपालिका -१२ अन्तर्गत पर्ने ओक्राङका ३५ घर चेपाङ परिवारलाई खाद्यान्न  सहयोग गरिएको हो ।

चितवनको कालिका – ६ स्थाइ घर भै हाल  हङकङमा व्यबसाय गर्दै आएका आकाश बन्जारा र क्याथरिन चे (Catherine tse) ले सो सामाग्री खरिदका लागि रकम उपलव्ध गराएका थिए । सो सहयोग बितरणकाे समन्वय पत्रकार

रविलाल भट्ट र गामवेसी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले गरेका थिए ।

वर्षदिनको खेतीले मुस्किलले ६ महिना मात्र खान पुग्ने अति विकट पहाडी भूभागमा रहने सीमान्तकृत चेपाङ समुदाय बाँकी समयको गुजारा दैनिक ज्याला मजदुरीबाट चलाउनुपर्ने बाध्यता छ ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण जारी लकडाउनले गर्दा भोकै सुत्नु परेको अवस्थाको जानकारी पाएपछि हङकङवासी सहृदयी बन्जाराले सहयोग गरेका हुन ।

सामाजिक अभियन्ता मुरलीप्रसाद गजुरेल, सामाजिक अभियन्ता तथा पत्रकार रवि रोषी, पत्रकार राजनदिल गुरुङ, रत्ननगरका युवा समाजसेवी मनोज गुरुङ र अमृत वस्तीको पनि सो अबसरमा उपस्थिति रहेको थियो ।

यसअघि पनि समाजसेवी बन्जाराले चितवन तथा नेपालका विभिन्न क्षेत्रमा सहयोगहरु गर्दै आएका छन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको