‘भारतको खाएर चीनको गाएको’ भन्दै मनिषा कोइरालामाथि भारतीय संचारमाध्यम खनिएपछि…

काठमाडौं। नेपालको पक्षमा ट्विट गरेपछि भारतीय मिडिया अभिनेत्री मनिषा कोइराला माथि खनिएका छन्। नेपालले आफ्नो अतिक्रमित भूमी लिम्पियाधुर, कालापानी, लिपुलेक समेटिएको नक्सा सार्वजनिक गरेपछि यतिबेला भारतभर खैलाबैला मच्चिएको छ।

कतिपय भारतीय संचारमाध्यमले अभिनेत्री कोइरालाप्रति तल्लोस्तरको टिप्पणीसमेत गरेका छन्। यतिबेला भारतीय मिडियामा अभिनेत्री मनिषा कोइराला हेडलाइन पनि बनेकी छन्।

Manisha Koirala

✔@mkoirala

Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏 https://twitter.com/PradeepgyawaliK/status/1262403555731759104 …

Pradeep Gyawali

✔@PradeepgyawaliK

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय । आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दैछ ।

9,623 people are talking about this

लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेट्दै नयाँ नक्सा जारी गर्ने निर्णयको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्विट गरेर जानकारी दिएका थिए।
मन्त्री ज्ञवालीको ट्विटलाई अभिनेत्री कोइरालाले रिट्वीट गर्दै ‘हाम्रो सानो देशको गरिमा राख्नु भएकोमा धन्यवाद। हामीले तीनै महान राष्ट्रबीच शान्तिपूर्ण र सम्मानजनक वार्ता होस् भनने चाहेका छौं’ लेखिन् । भारतलाई कर्मथलो बनाएकी मनिषाले नेपालले जारी गरेको नयाँ नक्साको समर्थन गरेपछि भारतमा उनको चर्को विरोध सुरु भएको छ।
केही भारतीय संचारमाध्यमले ‘भारतको खाएर चीनको गाएको’ भन्दै अभिनेत्री कोइरालाको आलोचना गरेका छन्। भारतीय मिडियाको उक्त टिप्पणीको नेपालमा भने तीव्र विरोध भएको छ  ।

कर्मथलो बलिउडलाइ बनाएपनि मातृभूमिप्रति सम्मान दिएको भन्दै मनिषालाई नेपाल आमाकी छोरी भन्दै समर्थन प्राप्त भएको छ। अभिनेत्री मनिषा कोइरालाले भारतमा आफ्नो कला बेचेको तर आमालाई कसरी बेच्न सकिन्छ भन्ने जवाफ दिएकी छिन्। ‘श्रम बेच्न हुन्छ, तर स्वाभाविमान बेच्न हुँदैन,’ मनिषाले भनेकी छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको