चितवन । पुर्बी चितवनको रत्ननगर-१५, माधवपुरमा आज साँझ श्रीमानद्वारा खुकुरी प्रहार गर्दा श्रीमती गम्भीर घाइते हुनु भएको छ । दिपज्योती टोल निवासी ५४ बर्षिय श्रीमान पुर्ण प्रसाद ढकालले आफ्नो श्रीमती ४३ बर्षिया शुशिला ढकाललाई खुकुरी प्रहार गर्दा उहाँ गम्भीर घाइते हुनुभएकाे र घाइतेको उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएको वडा अध्यक्ष हुमनाथ लामिछानेले जानकारी दिनु भयो । खुकुरी प्रहार गर्ने श्रीमान पुर्ण प्रसादलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय, टाडी, चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन कार्कीले जानकारी दिनु भयो । खुकुरी प्रहार गर्ने पुर्ण प्रसाद ढकालको बारे अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।
ताजा समाचार
धेरैले पढेको
© 2024 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer