नेपालमा कोरोना संक्रमित सुत्केरी सावित्री तिमल्सिनाको मृत्यु, संक्रमितको संख्या २८१ जना

काठमाडौं । कोरोना भाइरसबाट लाग्ने कोभिद १९ रोगका कारण सिन्धुपाल्चोककी २९ वर्षीय महिला सावित्री तिमल्सिनाको धुलीखेल अस्पतालमा शनिवार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । धुलीखेल अस्पतालले आरडीटी र पीसीआर परिक्षणमा कोरोना प्रमाणित भएसंगै महिलाको कोरोनाको मृत्यु भएको बताइएपनि मन्त्रालयले थप परीक्षण गर्ने भन्दै अपरान्हको पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

थप परीक्षण गर्दा पनि कोरोनाबाटै मृत्यु भएको प्रमाणित भएको मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । महिलाको शिक्षण अस्पतालमा सामान्य अवस्थामा सुत्केरी भएको र डिस्चार्ज लगत्तै घर पुगेपछि कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएकाले अस्पताल भर्ना गरिएको थियो ।

मन्त्रालयले कोरोना संक्रमितको पछिल्लो संख्या २ सय ८१ भएको जनाएको छ । बेलुका ८ः५० को विज्ञप्तीअनुसार धनुषाका दुई जना थप भएका हुन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको