काठमाडौं । बाँकेको नेपालजञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै बाकेमा कोरोना संक्रमित हुनेको संख्या १६ पुगेको छ । एकै दिन नेपागञ्जमा १५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको
हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारी दिएको जानकारी अनुसार थप ६ जनामध्ये ३ जना पुरुष र ३ जना महिला रहेका छन् । जसमा १६,२१ र ३४ वर्षका पुरुष हुन भने ४०, ५५ र ६० वर्षका महिला हुन् ।
नेपालगञ्जमा देखिएको ६ जना कोरोना संक्रमित सहित नेपालमा ७५ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म १६ जना उपचार पछि घर गएका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।